सवा २४ करोडको सट्टेबाजीमा पिन्टुको संलग्नता

सवा २४ करोडको सट्टेबाजीमा पिन्टुको संलग्नता

अनलाइनमार्फत् २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन् ।

झापाको दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साहलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले इन्टरनेटको दुरुपयोग गरी वेबसाइटको माध्यमबाट जुवा तथा सट्टाबाजीजस्ता खेल खेलाएर २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको कारोबार गरेको पाइएको छ । 

गैरकानूनी काम गरेका उनलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू