घुस बुझेकी प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस बुझेकी प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७, शंकरपुरस्थित सरस्वती बाल प्राथमिक विद्यालयकी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकमसहित पक्राउ परेकी छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज साढे १४ हजार घुससहित नियन्त्रणमा लिएको हो । आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पक्रेको जनाएको छ । 

आयोग प्रवक्ता भोला दाहालका अनुसार उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने आश्वासनमा सेवाग्राहीसँग घुस लिएको खुल्न आएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

टिप्पणीहरू