भारतीय सीमा नजिकै २ लाख भारतीय रुपैयाँ बरामद

भारतीय सीमा नजिकै २ लाख भारतीय रुपैयाँ बरामद

सशस्त्र प्रहरी बलले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

महोत्तरीको जलेश्वरस्थित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द पोखरेल र बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र निरीक्षक भोलाकुमार श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त टोलीले सीमाना नजिकै सुरक्षा चेकजाँच गर्ने क्रममा उक्त नोट बरामद गरेको बताइएको छ ।

भारतीइ पाँच सय दरका ३७० थान तथा दुई सय दरका ७० थान बोकेर भारतीय मधवापुर बजारबाट मोटरसाइकल चढेर आएका व्यक्तिले फालेको नोट फेला परेको सशस्त्रको भनाई छ ।

प्र.२–०२–००१ प ९७५४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका ती व्यक्तिले चेकजाँच टोली देखेपछि मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकलमा रहेको ब्यागमा उक्त परिमाणको नोट पाइएको हो ।

टिप्पणीहरू