कुकुर डोहोर्याउँदै दिसा गराउन हिँड्नेलाई अब कारवाही हुने
पोखरा महानगरपालिकाले घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउनेमाथि कारबाही गर्ने भएको छ ।
महानगरबासीले घरको सुरक्षा एंव शोखका लागि पालेका कुकुरलाई सार्वजनिक स्थल, सडक तथा खुला स्थानमा दिशा–पिसाब गराउने गरेको गुनासो आइरहेको भन्दै महानगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको हो ।
महानगरपालिकाले वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने अशोभानीय कार्य नगर्न आग्रह गर्दै घरपालुवा कुकुरलाई शौचको व्यवस्था आफ्नै घर कमाण्डभित्र मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न पनि भनेको छ ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘घरपालुवा कुकुरलाई शौचको व्यवस्था आफ्नै घर कमाण्डभित्र मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न गराउन अनुरोध छ ।’
अन्यथा, सार्वजनिक स्थल, सडक तथा खुला स्थानमा दिशा–पिसाब गराएको पाइएका वा कुकुरलाई बेवारिसे अवस्थामा छोडेको पाइएमा फोहोरमैला व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम कानूनी कारबाही गर्ने महानगरपालिकाको चेतावनी छ ।
टिप्पणीहरू