किशोरीको अश्लील भिडिओ यत्रतत्र, प्रहरी अनुसन्धानमा व्यस्त

किशोरीको अश्लील भिडिओ यत्रतत्र, प्रहरी अनुसन्धानमा व्यस्त
सुन्नुहोस्

-टेकसिंह धामी

डडेल्धुराकी एक युवतीको अश्लील भिडिओ सार्वजनिक भएपछि चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । अस्ति परशुराम नगरपालिकाका एक किशोरविरुद्ध अश्लील (नग्न) भिडिओ सार्वजनिक गरेको आरोपमा उजुरी परेको हो ।

स्थानीय पीडित १७ वर्षीया किशोरीका आफन्तले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए ।

ती किशोरीको प्रेमीसमेत रहेका ती किशोरले सो भिडिओ फेसबुक, म्यासेन्जर च्याटमा सार्वजनिक गरेर भाइरल बनाएको बुझिएको छ । प्रेम सम्बन्धमा रहेका उनीहरुबीच खटपट भएपछि आफूसँग रहेको अश्लील भिडिओ बाहिर ल्याएको बताइन्छ । १७ वर्षीय किशोर परशुरामकै एउटा वडाका वडाध्यक्षका छोरासमेत रहेको खुलेको छ ।

यता प्रहरी स्रोतले भने किशोरले आफू धनगढीमा रहेको जनाउदै भिडिओ सार्वजनिक प्रकरणमा निर्दोष रहेको दाबी गरेको जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू