साथीलाई आगो झोसेर भागेका सुवास समातिए

साथीलाई आगो झोसेर भागेका सुवास समातिए

सहकर्मीलाई पेट्रोल छर्की आगो लगाएर भागेका शिवु भन्ने सुवास विक पक्राउ परेका छन् । पर्साको सोवर्णपुर गाउँपालिका-५ घर भई हाल ललितपुरको ग्वार्को बस्दै आएका २६ वर्षीय उनलाई प्रहरीले सुन्धाराबाट समातेको हो । 

गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा सँगै काम गर्ने २४ वर्षे अरुण विश्वकर्मालाई पेट्रोल छर्की आगो लगाएर उनी फरार भएका थिए । प्रहरीका अनुसार आगो सल्केर विश्वकर्मासहित तीन जना गम्भिर घाइते भएका छन् । उनीहरुको हाल कीर्तिपुर बर्निङ अस्पतालमा भइरहेको छ । 

थप अनुसन्धान तथा कारबाहीका निम्ति सुवासलाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

टिप्पणीहरू