पार्वतीको खाजा घरमा जुवा खेल्नेहरु पुलिसको फन्दामा

पार्वतीको खाजा घरमा जुवा खेल्नेहरु पुलिसको फन्दामा

भक्तपुरका ६ जना जुवाडे खालबाटै समातिएका छन् । सूर्यविनायक नगरपालिका-८ स्थित पार्वती तामाङको खाजा घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसहित ६ जनालाई  प्रहरीले पक्राउ गरेको हो । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरुमा खाजाघर संचालिका काभ्रे चौरी देउराली -५ घर भई हाल सूर्यविनायक-८ बस्ने बर्ष ३१ की पार्वती तामाङ, सिन्धुपाल्चोकको चौतरा-१० घर भई हाल सूर्यविनायक वस्ने बर्ष ३५ को माला तामाङ, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका-९ घर भई सूर्यविनायक वस्ने बर्ष २५ को राजु खड्का, काभ्रेपलान्चोकको बेथानचोक-२ घर भई सूर्यविनायक बस्ने बर्ष २८ को दिल तामाङ, दोलखाको शैलुङ-२ घर भई हाल सूर्यविनायक बस्ने बर्ष ३६ को सिटुक तामाङ र भक्तपुरको चाँगुनारायण-५ छालिङ बस्ने बर्ष ३३ को बिनोद लगेजू  रहेका छन् । 

प्रहरीले खाजाघरमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत बसन्त पाठकले बताए । उनीहरुबाट नगद रू ३८ हजार, एक बुक तास र खाजाघर संचालिकासहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ ।

टिप्पणीहरू