ट्रकमा सवार बालिका बुडरमा बलात्कृत, चालक पक्राउ

ट्रकमा सवार बालिका बुडरमा बलात्कृत, चालक पक्राउ
सुन्नुहोस्

–टेकसिंह धामी 

बैतडीमा मिनीट्रकमा सवार बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा चालकसहितको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको से.१ ख १९७९नम्बरको मिनीट्रक र चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

मिनीट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको र ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

करणीमा परेकी ती बालिका अत्तरियाबाट बैतडी जान मिनीट्रक चढेकी थिइन् । गएराती बुडरमा बस्ने क्रममा मिनीट्रकमा आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको बताउँदै बालिकाले प्रहरीलाई जानकारी गराएकी हुन् । त्यसपछि चालकलाई नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू