बहुमुल्य सामान भनेर ठगी धन्दा चलाउने छ जना समातिए

बहुमुल्य सामान भनेर ठगी धन्दा चलाउने छ जना समातिए

प्राचिन तथा पुरातात्विक बहुमूल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी कार्यमा संलग्न छ जना पक्राउ परेका छन् । 

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आज समातेको हो । पक्राउ पर्नेमा झापाका ३० वर्षीय अनिल गदाईली, ललितपुरका ४७ वर्षीय रमेश नापित, मकवानपुरका ३५ वर्षीय सत्यनारायण कपाली र ५६ वर्षीय मुरली न्यौपाने, काभ्रेपलाञ्चोकका ३४ वर्षीय विकाश श्रेष्ठ र ओखलढुंगाका ५३ वर्षीय लालबहादुर सुनुवार रहेका छन् । 

उनीहरुले प्राचिन पुरातात्विक सामान दुई करोडमा खरिदबिक्री गर्ने भनी झुक्याएर त्रिभुज आकारको अटोफायर र क्रिष्टल माला ठगी गरेको अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका छ जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी वृत्त बौद्ध काठमाडौं पठाइएको जनाइएको छ ।

टिप्पणीहरू