ब्राउन सुगर तस्करीमा महिला गुप्ताङ्गको प्रयोग

ब्राउन सुगर तस्करीमा महिला गुप्ताङ्गको प्रयोग

टेकसिंह धामी

गुप्ताङ्गभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले धनगढीमा एक युवतीलाई पक्राउ गरेको छ । त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाको आधारमा प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलकी २० वर्षीया अनुष्का सिंह ठकुरीले गुप्ताङ्गभित्र लागुऔषध लुकाएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एक ग्राम खैरो हिरोइन बरामद गरिएको हो ।

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीको गुप्ताङ्गबाट लागुऔषध निकालेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

उनले यसअघि पनि गुप्ताङ्गमा लुकाएर लागुऔषध ल्याउने गरेको बुझिएको छ ।
 

टिप्पणीहरू