दशैंमा चिनी : बजारमा अभाव, भारतबाट निर्वाध चोरी पैठारी

दशैंमा चिनी : बजारमा अभाव, भारतबाट निर्वाध चोरी पैठारी
सुन्नुहोस्

भन्सार छलेर ल्याइएको झण्डै २० क्विण्टल चिनी प्रहरीले बरामद गरेको छ । भारतबाट चोरी निकासी गरेर दैलेख लैजाँदै गरेको अवस्थामा उक्त चिनी सुर्खेतमा फेला परेको बताइएको छ । 

५० किलोका २६ बोरा र २५ किलोका २४ बोरा गरी ५० बोरा चिनी लोड गरिएको ट्रक चिनी सुर्खेतको सुब्बाकुनास्थित प्रहरी चेक पोष्टले नियन्त्रणमा लिएको हो ।

भे.१ख ३१४४ नम्बरको ट्रक जाँच गर्दा उक्त चिनी भन्सार छलेर ल्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू