नापी सर्वेक्षक र बिचौलिया घुससहित समातिए

नापी सर्वेक्षक र बिचौलिया घुससहित समातिए
सुन्नुहोस्

नापी कार्यालय झापाका सर्वेक्षक देवनारायण ठाकुर घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित बिचौलिया उमेश यादवलाई पनि समातेको हो ।

आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट ७० हजार नगद र ५५ हजारको चेक गरी एक लाख २५ हजार घुस लिइसकेको अवस्थामा झापाको चन्द्रगढीबाट आज नियन्त्रणमा लिएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू