पैसा खाने सीताका श्रीमान् अख्तियारमा

पैसा खाने सीताका श्रीमान् अख्तियारमा

पुरुष कर्मचारी त घुस खान र अनियमिततामा अग्रपंक्तिमै थिए । अवसर पाए यस्तो मामलामा महिला कार्यालय प्रमुख पनि के कम हुँदा रहेछन् र ! यस्तै हर्कत फेला पारेर अघिल्लो साता अख्तियारले भक्तपुरको एउटा कार्यालयबाट कागजपत्र सबै उठाका हुन् ।

प्रसंग हो सीता साम्बाको । उनी भक्तपुर हुलाक कार्यालयको प्रमुखमा जोडिएको छ । सीताको बदमासी प्रकरणचाहिँ तलब भुक्तानी सक्कली, नियुक्ति नक्कली, ! न ती कर्मचारीको नामै सुनिएको छ न त अनुहारै अरू कर्मचारीले देखेका छन् । नक्कली नियुक्ति दिएर, सक्कली तलब भुक्तानी व्यक्तिगत खातामा दाखिला गरेको प्रमाण भेटिएसँगै टंगालबाट खटिएको टोलीले भक्तपुर हुलाकका सबै कागजपत्र उठाएर लगेको हो ।

अहिले सुत्केरी अवस्थामा रहेकी सीताले घरायसी कामदार आस्था जबेगुलाई जिल्ला हुलाक कार्यालय भक्तपुरमा नियुक्त गरेर तलब आफ्नो खातामा ट्रान्सफर गरेको भेटिएको छ । यसअघि ताप्लेजुङ निर्वाचन, ललितपुरको जिल्ला निर्वाचनमा बस्दा अनेकन लफडामा मुछिएको र झण्डै डेढ वर्षदेखि भक्तपुर हुलाकको हाकिम रहेको बुझिएको छ । जनआस्थालाई प्राप्त कागजातअनुसार उनले घरायसी कामदार आस्थालाई ०७९ चैत १ देखि करारमा नियुक्ति दिलाएकी थिइन् । ०८० भदौ ३ मा करार सम्झौता नवीकरण गरिएको छ ।

मासिक पारिश्रमिक १५ हजार (९ हजार ३ सय ५८ र महँगी भत्ता ५ हजार ६ सय १५), पोशाक भत्ता १५ हजार, नियुक्ति दिएको ६ महिनापछि चाडपर्व खर्च ९ हजार ३ सय ५८ सेवा, सुविधा दिइएको, कार्यालयबाट भुक्तानी पनि गइरहेको तर त्यस्तो नाम गरेको कर्मचारी कार्यालयमा कोही नदेखिएको हो । भक्तपुर हुलाकका कर्मचारीका अनुसार, आस्थाको कीर्ते हाजिरीचाहिँ लीला नामक कर्मचारीले गर्दै आएकी थिइन् । सीताको यो बदमासी लेखाका हाकिम र सीताबाहेक अरूलाई थाहा थिएन । यसरी नक्कली कर्मचारी बनाएर तिनको खातामा पैसा पठाउने र लगत्तै हाल्ने गरेको प्रमाणसहित त्यहाँका कर्मचारी अख्तियार, सञ्चार मन्त्रालय र हुलाक सेवा विभागमा पुगेका थिए ।

सुत्केरी हुँदासमेत उनले कसैलाई निमित्त दिइनन् । निमित्तको अधिकार दिँदा आर्थिक अधिकारसमेत दिनुपर्ने हुन्छ । गत आर्थिक वर्षको अन्त्यमा ६ लाख खर्चेर ट्रष्ट निर्माण गर्दासमेत अनियमितता भएको कर्मचारीको आरोप छ । सीताको श्रीमान् पनि अधिकृत तहकै कर्मचारी हुन् । संखुवासभा मूल थलो भएका प्रेम घिमिरे डेढ वर्षदेखि अख्तियार मुख्यालय टंगालमै कार्यरत छन् ।

त्यही अख्तियार र विशेष अदालतले एक हजार घुस खाने कर्मचारीलाई ४२ दिनसम्म हिरासतमा राखेर धरौटीमा छाडेको उदाहरण । अपमानको भारी खप्न नसकेर खरिदार कृष्णप्रसाद घिमिरेले यसै आत्महत्या गरेका थिएनन् ।

 

टिप्पणीहरू