ट्यापे व्यापारी बनेपछि प्रहरी फन्दामा

ट्यापे व्यापारी बनेपछि प्रहरी फन्दामा

लागुऔषध सेवन र कारोबारमा संलग्नको आरोपमा प्रहरीले उदयपुरमा दुई जनालाई दसीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी–३ बस्ने ३१ वर्षीय चन्द्रकुमार सुनुवार र वडा–४ बस्ने ३५ वर्षीय तेजेन्द्र सुनुवार छन् । 

उनीहरु कटारी–१ बेसोत भित्री सडक खण्डबाट पक्राउ परेका हुन् । दुवै दुर्व्यसनी भए पनि व्यापारमा समेत संलग्न हुन थालेको बताइन्छ । 

प्रहरीले उनीहरुको साथबाट बिल नभएको डि–कोफ ट्याबलेट एक सय, टेनाग ट्याबलेट १८ सय ९०, स्पास्मो ट्याबलेट १५ सय, कोफ ट्याब– डि ट्याबलेट– १४ चक्की फेला पारेको हो  । बरामद औषधिको मूल्य ३८ हजार रुपैयाँ बराबरको छ ।

दुवैमाथि आवश्यक अनुसन्धान र कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू