चिपर्टले हानेर भुँडी फुटाएपछि भागेका बाबुछोरा समातिए

चिपर्टले हानेर भुँडी फुटाएपछि भागेका बाबुछोरा समातिए

कर्तव्य ज्यान मुद्दामा फरार बाबुछोरालाई प्रहरीले समातेको छ । उदयपुरको त्रियुगा नगरपालिका ७, सुक्लाईका चन्द्रकुमार सार्की र उनका छोरा तेजकुमार सार्कीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

गत साउन ४ गते सामान्य विवादमा स्थानीय रमेशकुमार सार्कीलाई चिपर्टले हानेर उनीहरुले भुँडी चिरिदिएका थिए । त्यसपछि उनी फरार भए र गम्भीर घाइते रमेशको उपचारको क्रममा असोज १५ गते मृत्यु भएको हो । 

सोही क्रममा प्रहरीले बाबु चन्द्रलाई असोज १३ गते र छोरा तेजलाई हिजो लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू