बैंकबाट झिकिएको रकम बाटोमा लुटियो

बैंकबाट झिकिएको रकम बाटोमा लुटियो

दाङमा बैंकबाट रकम झिकेर घर जाँदै गरेको अवस्थामा एक जना लुटिएका छन् । आज दिउँसो तुलसीपुर– ८ का दिनेश वलीले बैंकबाट झिकेको एक लाख रुपैयाँ बाटोमा लुटिएको छ । 

तुलसीपुर ५ का २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगरले उक्त रकम लुटेको प्रहरीले जनाएको छ । उनीहरु पक्राउ परिसकेका छन् । 

विक र मगर वलीको एक लाख लुटेर भागेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई तुलसीपुर–१० बाट लुटिएको रकमसहित पक्रेको जानकारी दिइएको छ ।

टिप्पणीहरू