प्रहरीले दार्चुलामा फेला पार्यो डेढ केजी चरेस

प्रहरीले दार्चुलामा फेला पार्यो डेढ केजी चरेस

दार्चुलामा प्रहरीले एक केजी ६ सय ग्राम चरेस फेला पारेको छ । बझाङका दुई जनालाई उक्त परिमाणको चरेससहित पक्राउ गरिएको बताइएको छ ।

मालिकार्जुन गाउँपालिका–८ बाट बझाङको बुङ्गल नगरपालिका– ७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू