होटल रुममा लागुऔषध र बाघको छाला

होटल रुममा लागुऔषध र बाघको छाला

धनगढीमा बाघको छाला र लागुऔषधसहित तीनजना समातिएका छन् । धनगढी उपमहानगरपालिका–४, सहिद गेटस्थित जुमेरा होटलबाट गएराति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–३ का २४ वर्षीय करन चन्द, बाजुराको गौमुल गाउँपालिका–१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बूढीगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जैशी छन् । उनीहरुको साथमा ७ फिट ६ इञ्च लम्बाई, १ फिट १० इञ्च चौडाई भएको बाघको छाला एक थान र ६ किलो ७ सय ४० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको टोलीले होटल खानतलासी गर्ने क्रममा उनीहरूलाई बाघको छाला र चरेस फेलापारी नियन्त्रणमा लिएको हो ।  

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

टिप्पणीहरू