पनौतीबाट बनेपा जाँदै गरेको ट्रकमा राजस्व छलिएको चिनी

पनौतीबाट बनेपा जाँदै गरेको ट्रकमा राजस्व छलिएको चिनी
सुन्नुहोस्

बनेपामा राजस्व छलिएको ४६ सय किलोग्राम चिनी फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले ५० किलोका ९२ बोरा चिनी बरामद गरेको जनाएको छ । 

उक्त चिनी ना. ६ ख ६२१९ नम्बरको ट्रकमा धानको बोराले छोपेर ल्याइएको थियो । चिनीको मूल्य झण्डै छ लाख रहेको बताइन्छ । 

पनौतीबाट बनेपातर्फ आइरहेको ट्रकमा अवैध चिनी फेला परेको हो । ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

टिप्पणीहरू