जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त समातिए

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त समातिए

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी महेश नेपाली भनिने टीका खत्री पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका ५, भोर्लेका २० वर्षीय उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला अदालत उदयपुरले २०७७ मंसिर १६ गते उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष ४ महिना ३ दिन कैद सजाय सुनाएको थियो । 

अदालतको फैसलालगत्तै फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले हिजो साँझ नियन्त्रणमा लिएको जनाइएको छ । फैसला कार्यान्वयनका निम्ति खत्रीलाई अदालत पठाइएको छ ।

टिप्पणीहरू