एनआरएनहरुबीच भाँडभैलो, प्रधानमन्त्रीको समापन सम्बोधन अनिश्चित

एनआरएनहरुबीच भाँडभैलो, प्रधानमन्त्रीको समापन सम्बोधन अनिश्चित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचित पदाधिकारीहरुको वैधानिकतामाथि प्रश्न चिन्ह उठाइएको छ । अधिवेशनस्थल काठमाडौंको सोल्टी होटलमा विजयी र पराजित पक्षबीच चर्काचर्का भएको छ ।

निर्वाचनको मतपरिणामलाई लिएर उत्पन्न विवादलाई पराजितहरुले चुनौती दिने बताएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उक्त जानकारी गराइसकेका छन् । निर्वाचनमा आईटी सिष्टमभित्रै धाँधली गरिएको उनीहरुको आरोप छ ।

तर अध्यक्षमा बद्री केसी १३ सय ७८ मतसहित विजयी भएको घोषणा गरिएको छ । उनका प्रतिस्पर्धीहरुमध्ये राजेन्द्रकुमार शर्माले १२ सय ८१ र महेश श्रेष्ठले १२ सय २५ मत पाएको उल्लेख छ । 

होटलमा दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्रीले आज दिउँसो ३ बजे सम्बोधन गरेर विश्व सम्मेलन तथा अधिवेशन समापन गर्ने कार्यक्रम यतिबेरसम्म शुरु हुन सकेको छैन ।

टिप्पणीहरू