गाँजा बोरामा, व्यापारी प्रहरी खोरमा

गाँजा बोरामा, व्यापारी प्रहरी खोरमा

उदयपुरमा गाँजा कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । ताप्ली गाउँपालिका १ का ३२ वर्षीय गणेशबहादुर मगर र ३३ वर्षीय वीरबहादुर मगर समातिएका हुन् । 

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनीहरुलाई बोरामा हालिएको करिब ३८ केजी गाँजासहित गएराति देउलीकुनाबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीका अनुसार उनीहरु गाँजा बोकेर ल्याउँदै गरेको अवस्थामा समातिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू