सात वर्षीया बालिकाको बलात्कारपछि हत्या

सात वर्षीया बालिकाको बलात्कारपछि हत्या

भोजपुरमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बालिकाको स्थानीय जंगलमा रहेको गुफामा शव फेला परेको छ । बिहीबार साँझदेखि हराएकी बालिका अहाज मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरिएको छ ।

आज बिहान आमचोक गाउँपालिका–६, टेङलुङछुकको जंगलमा शव फेला परेपछि बालिकाको छिमेकी दीपचन्द्रमाथि आशंका गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

टिप्पणीहरू