नमोबुद्धमा जुवातास, जुवाडेको प्रहरी चौकीमा बास

नमोबुद्धमा जुवातास, जुवाडेको प्रहरी चौकीमा बास

प्रहरीले काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१०, पुरानोगाउँमा जुवातासमा संलग्न आठ जनालाई पक्रेको छ । बिनोद हुमागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४४ वर्षीय रामचन्द्र बिष्टलगायत आठ जनालाई गएराति प्रहरीले खालबाटै नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरी चौकी श्यामपाटीबाट खटिएको टोलीले नगद एक लाख ५३ हजार ४७० रूपैयाँ र छ बुक ताससहित उनीहरुलाई पक्रेको हो । प्रहरीले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू