कैलाली र मोरङमा लागुऔषध कारोबार र कारोबारीहरु बग्रेल्ती

कैलाली र मोरङमा लागुऔषध कारोबार र कारोबारीहरु बग्रेल्ती

लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा धनगढी र विराटनगरमा पाँच जना पक्राउ परेका छन् । धनगढीको जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध खैरो हेरोइन ३९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्रेको हो । त्यस्तै धनगढीकै बङग्राकटानबाट पनि ब्राउनसुगर ७२० मिलिग्रामसहित मनेहरा बस्ने २१ वर्षीय नरेश राना र पथरिया बस्ने १९ वर्षीय हितेश राना पनि पक्राउ परेका छन् । 

उता मोरङको केराबारी गाउँपालिका–८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई पनि ब्राउनसुगर तीन सय मिलिग्रामसहित हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू