बर्दियामा पनि लागुऔषध कारोबारी छ्याप्छ्याप्ती

बर्दियामा पनि लागुऔषध कारोबारी छ्याप्छ्याप्ती

बर्दियामा लागुुऔषधसहित पाँच जना पक्राउ परेका छन् । मधुवन नगरपालिका ७ का २३ वर्षीय सन्दीप नेपाली, १७ र १६ वर्षका दुई किशोर, स्थानीय २२ वर्षीय माधव भण्डारी र  गणेश ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।  

इलाका प्रहरी कार्यालय, ढोढरीबाट गस्तीमा खटिएको टोलीले उनीहरुलाई ब्राउनसुगरसहित हिजो नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सन्दीपको साथबाट ४० मिलिग्राम, माधवको साथबाट ३० मिलिग्राम, गणेशको साथबाट २ सय मिलिग्राम तथा २४ हजार ४२६ रुपैयाँ र दुई किशोरीको साथबाट ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू