मुगुमा आमासहित तीन छोराछोरीको हत्या, तीन दिनदेखि शव घरभित्रै

मुगुमा आमासहित तीन छोराछोरीको हत्या, तीन दिनदेखि शव घरभित्रै

मुगुको छाँयानाथ रारा नगरपालिका ६ मा घरभित्र एउटै परिवारका चार जनाको शव फेला परेको छ । स्थानीय मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका दुई छोरा तथा एक छोरीको शव आज बिहान फेला परेको बताइएको छ । 

श्रीदेवीसँगै ११ र १ वर्षका छोरा क्रमशः मनोज र रहर तथा ७ वर्षकी छोरी अप्सराको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको कम्तीमा तीन दिनअघि हत्या गरेर बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव फेला परेको छ । 

गत मंगलबार दशैंको टीका लगाएका र भोलिपल्ट माइतीबाट घर फर्केको देखिन आएको छ । तर, आज बिहान चारै जनाको शव घरभित्र फेला परेको हो ।

मृतक श्रीदेवीका श्रीमान विदेशमा छन् । शव सबै पोष्टमार्टमको निम्ति जिल्ला अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू