दशैंमा लाखौंको धनमाल चोरी

दशैंमा लाखौंको धनमाल चोरी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा लाखौंको धनमाल चोरी भएको छ । सूर्यविनायक नगरपालिका ४, दधिकोटस्थित चक्कु फाँट बस्ने कृष्णहरि गुरागाईंको घरमा चोरी भएको बताइएको छ ।

उनको घरबाट करिब पाँच लाख रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । 

यस्तै, स्याङ्जाको भीरकोट नगरपालिका १, दार्सिङ बस्ने ३५ वर्षीया सुष्मा तामाङको घरमा पनि चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा ढोका फोरेर सुन तथा चाँदीका गहना सात तोला र नगद ३० हजार चोरी गरिएको जनाइएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू