सप्तरीमा घरेलु मदिरा नष्ट

सप्तरीमा घरेलु मदिरा नष्ट

प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट खटिएको टोलीले आज दिउँसो घरेलु मदिरा नष्ट गरेको जनाइएको छ । 

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ की राजदेवी सदाले सञ्चालन गरेको भट्टीबाट मदिरा बनाउन प्रयोग गरिने आठ सय लिटर कच्चा पदार्थ र १२५ लिटर घरेलु मदिरा बरामद गरिएको कार्यालयका सूचना अधिकारी ढुण्डीराज न्यौपानेले बताए । 

सोही कच्चा पदार्थ र मदिरा नष्ट गरिएको हो ।

टिप्पणीहरू