जंगलको ओढारमा भरुवा बन्दुक

जंगलको ओढारमा भरुवा बन्दुक
सुन्नुहोस्

पूर्वी रुकुम प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

पुथाउत्तरगंगा गाउँपालिका ५, स्थित तमागर जंगलको ओढारमा बेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी हुकामबाट खटिएको टोलीले आज बिहान बन्दुक फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू