एक दर्जन जुवाडे पक्राउ, एक लाख बरामद

एक दर्जन जुवाडे पक्राउ, एक लाख बरामद

कैलालीमा १२ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका –१३, राजपुरमा जुवाको खालबाट ती जुवाडे पक्राउ परेको बताइएको छ ।

प्रहरीका अनुसार स्थानीय २८ वर्षीय योगेन्द्र महरा, ३२ वर्षीय रुपेन्द्र ओझा, ३३ वर्षीय सुवा राना, ३१ वर्षका कमल बडायक, ३३ वर्षे राधेश्याम राना, २६ वर्षीय भरत राना, ४३ वर्षका रामनन्द राना र २९ वर्षीय शिवकुमार राना पक्राउ परेका हुन् । 

२३ वर्षे सुरेश राना, ४२ वर्षीय पिरागी राना र ४० वर्षीय नबोध झा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट एक लाख एक हजार नगद बरामद भएको बताइएको छ ।

टिप्पणीहरू