इसेवाका कर्मचारीको नाममा लाखौं ठगी

इसेवाका कर्मचारीको नाममा लाखौं ठगी
सुन्नुहोस्

आफूलाई इसेवाको कर्मचारी उल्लेख गर्दै लाखौं ठगी गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहटका २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र १९ वर्षीय दिपेन्द्रकुमार यादव छन् । 

प्रहरीका अनुसार पीडितहरुलाई विश्वासमा पारेर उनीहरुले ओटीपी माग्दै खाताको पैसा झिक्ने गरेको पाइएको हालसम्म १८ जना पीडितको खाताबाट उनीहरुले १५ लाख २० हजार ९ सय रुपैयाँ झिकिएको अनुसन्धानबाट खुलेको छ । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । पाँचै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू