बन्दुक देखाएर बाबुलाई सिध्याईदिन्छु भन्ने विष्णुलाई पुलिसले समात्यो

बन्दुक देखाएर बाबुलाई सिध्याईदिन्छु भन्ने विष्णुलाई पुलिसले समात्यो

अर्घाखाँचीमा भरुवा बन्दुकसहित एकजना समातिएका छन् । भूमिकास्थान नगरपालिका-९ निनुखर्क का २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिष्णुले आफ्नै बाबुलाई घरमा राखेको सो बन्दुक देखाई 'काट्छु, मार्छु' भनेर थर्काएको खबर पाएपछि अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई रंगेहात समातेको बताइएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू