बाल एकता स्कुलका हेडसरमाथि गोली प्रहार

बाल एकता स्कुलका हेडसरमाथि गोली प्रहार

बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकारमाथि गोली प्रहार भएको छ । 

मोटरसाइकलमा आएका व्यक्तिहरुले आज दिउँसो कलैया उपमहानगरपालिका-६ मदरसा टोलमा उनलाई गोली हानेको बताइएको छ । प्रहरीका अनुसार घाँटी र छातीमा गोली लागेका रुपेशको अवस्था चिन्ताजनक छ । 

गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका सर्राफलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्नेको खोजी भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू