भन्सार छलिएको सुन कारोबारमा संलग्नहरु पक्राउ

भन्सार छलिएको सुन कारोबारमा संलग्नहरु पक्राउ

अवैध रुपमा भन्सार छलेर सुनको कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । 

पक्राउ परेकामा भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी ईसार केवट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा हुन् । 

उनीहरुको साथबाट प्रहरीले २६ लाख ५१ हजार ८ सय ९५ रुपैयाँ बराबरको २१४.३६ ग्राम सुनको तीन ढिक्का, ५०.०१ ग्राम तौलको सिक्री र एक लाख १० हजार नगद बरामद गरिएको छ । 

पक्राउ परेका पाँचै जनालाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू