मानव बेचबिखनमा संलग्न प्रहरीसहित दुई जना पक्राउ

मानव बेचबिखनमा संलग्न प्रहरीसहित दुई जना पक्राउ

प्रहरी नै मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ । सोही आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवानसहित अर्का एक जना पक्राउ परेका छन् । 

जवान जीवराज तामाङसहित उनीहरुलाई हिजै अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा मानव बेचबिखन गिरोहसँग साँठगाँठ रहेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीसमेतको संलग्नतामा नक्कली कागजातको आधारमा भ्रमण भिसामा सर्वसाधारणलाई विदेश पठाएको देखिन आएको बताइन्छ ।

टिप्पणीहरू