राजधानीमा गोली चल्यो, पेस्तोल बोकेका भारतीय नागरिक घाइते

राजधानीमा गोली चल्यो, पेस्तोल बोकेका भारतीय नागरिक घाइते

काठमाडौंको गोठाटारमा प्रहरीले चलाएको गोलीबाट एक जना घाइते भएका छन् । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ ।

मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउन परेको प्रहरीको भनाई छ । करिम लागुऔषध कारोबारी हुन् । उनले प्रहरीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।

करिम र उनीसँगै पक्राउ परेका अर्का एक जना नेपालीको साथबाट दुई सय ग्राम ब्राउन सुगर र पेस्तोलसमेत बरामद गरिएको बताइएको छ ।
 

टिप्पणीहरू