पसलमा भेटिएको हात्तीको बङगारा प्रहरीद्वारा बरामद

पसलमा भेटिएको हात्तीको बङगारा प्रहरीद्वारा बरामद

झापामा हात्तीको बङगारासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-७ जरुवा टोल बस्ने ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु समातिएका हुन् । 

विशेष सुराकीका आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको टोलीले विश्वकर्माको किराना पसलमा खोजतलास गर्दा हात्तीको बङगारा फेला परेको बताइएको छ । प्रहरीले पसलबाट ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङगारा बरामद गरेको जनाएको छ । 

प्रहरीका अनुसार सो वस्तु लिम्बुको घरबाट ल्याएको खुल्न आएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो । यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू