रिगल नेपालगञ्ज कारागार चलान

रिगल नेपालगञ्ज कारागार चलान

बाँके जिल्ला अदालतले योगराज ढकाल उर्फ रिगललाई जिल्ला कारागार नेपालगञ्ज चलान गरेको छ । सर्वोच्च अदालतले हिजो गरेको आदेशपछि आज उनलाई जेल पठाइएको हो । 

असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय माफी गर्नुभएको थियो । तर सर्वोच्चको संयुक्त इजलासले उक्त सजाय माफीको निर्णयलाई उल्टाइदिएपछि रिगल हिजो अपरान्ह नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगललाई बिहान ११ बजे बाँके जिल्ला अदालतमा पेश गरेको बताए । 

आठ वर्षअघि स्थानीय चेतन मानन्धरको हत्या सम्बन्धी मुद्दामा उनलाई जिल्ला अदालतले जन्मकैद ठहर गरेको थियो । सोही आदेशलाई उच्च अदालतले सदर गरेको हो ।

टिप्पणीहरू