वेश्यावृत्तिमा सामाजिक सञ्जालको प्रयोग, युवती चाहिएमा ह्वाट्सएप कलको अनुरोध

वेश्यावृत्तिमा सामाजिक सञ्जालको प्रयोग, युवती चाहिएमा ह्वाट्सएप कलको अनुरोध
सुन्नुहोस्

सामाजिक सञ्जालमा महिलाको तस्बिर दुरुपयोग गरेर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् । 

मोरङको विराटनगर महानगरपालिका–६ बस्ने २४ वर्षीय गौरव जैन र भोजपुरको भोजपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ समातिएका हुन् । 

उनीहरुले सामाजिक सञ्जालमा ह्वाट्सएप नम्बरसहित महिलाहरुको तस्बिर राखेर ‘केटी चाहिएमा कल गर्नुस्’ लेखेका छन् । आफूलाई मन परेकी फोटो छान्ने र विद्युतीय कारोबारबाट तोकिएको मूल्य तिरेपछि छानिएको युवती पाइने उल्लेख गर्दै उनीहरुले धेरै जनासँग ठगेको तथ्य खुलेको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमो विराटनगर–६ बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू