भित्रिन थाल्यो अवैध रुपमा पटाका, कपिलवस्तुमा लाखौंको बरामद

भित्रिन थाल्यो अवैध रुपमा पटाका, कपिलवस्तुमा लाखौंको बरामद

कपिलवस्तुमा ठूलो परिमाणको पटाका प्रहरीले बरामद गरेको छ । मायादेवी गाउँपालिका–४, ठाकुरापुरबाट प्रहरीले आज बिहान करिब तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय चाकरचौडा र पकडीबाट गस्तीमा खटिएको टोलीले नेपाल–भारत सीमाना नजिकै बेवारिसे अवस्थामा पटाका फेला पारेको बताइएको छ । 

बरामद पटाकामा झिरझिरे पेपरवाला २३ प्याकेट, मोरी छाप ३० राउण्डवाला छ प्याकेटलगायत छन् । ती सबैको मूल्य तीन लाख रुपैयाँ बराबरको छ ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू