राजखानी खसीको, मासु बाख्राको

राजखानी खसीको, मासु बाख्राको
सुन्नुहोस्

खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउँसका सञ्चालक गुल्जार महम्मद समातिएका हुन् । उनको पसलबाट खसीको २१ किलो र बाख्राको आठ किलो मासुसमेत प्रहरीले बरामद गरेको छ ।

बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनको पसल अनुगमन गरेको थियो । सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले गुल्जारलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको जनाएको छ ।

पसलमा छाला निकालिएको बाख्राको पछाडिको कापमा खसीको राजखानी बनाई खसीको मासुसँगै बिक्रीका लागि राखेको अवस्थामा उक्त मासु भेटिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू