प्रहरी खालमै पुगेपछि डेढ दर्जन जुवाडे फन्दामा

प्रहरी खालमै पुगेपछि डेढ दर्जन जुवाडे फन्दामा

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २१ जुवाडे खालबाटै समातिएका छन् । गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बिपुलचोक बस्ने डोमा शेर्पाको कोठामा जुवा खेलिरहेको अवस्थामा शेर्पासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो दिउँसो ५४ हजार ७ सय ५० रुपैयाँ नगद र एक बुक ताससहित नियन्त्रणमा लिएको हो । यस्तै, भक्तपुरमा पनि दश जना जुवाडेलाई प्रहरीले जुवाको खालबाटै समातेको छ । 

भक्तपुर नगरपालिका-३ वंशगोपालस्थित काभ्रेका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित दश जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो साँझ नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथबाट २५ हजार ६ सय ५५ रुपैयाँ नगद र २ बुक तास बरामद भएको छ ।

टिप्पणीहरू