सरस्वतीका हेडसरले सभाहलमा पासो लगाए

सरस्वतीका हेडसरले सभाहलमा पासो लगाए
सुन्नुहोस्

सिरहाको गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयमै पासो लगाएका छन् । प्रधानाध्यापक संजिवकुमार साह आज बिहान विद्यालयको सभाहलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । 

बिहानै विद्यालय आएका उनी कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान च्यानलगेटको साँचो मागेका थिए । रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोज्दा नभेटेपछि खोजतलास गर्दा स्कुलको तेस्रो तल्लामा रहेको सभाहलमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको एक शिक्षकले बताए । 

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगे पनि परिवारले शंकास्पद मृत्यु भन्दै पासो काट्न दिएका छैनन् ।

टिप्पणीहरू