प्रेमको प्रपञ्चमा आइफोन र घडीको प्रलोभन, लाखौंको ठगी

प्रेमको प्रपञ्चमा आइफोन र घडीको प्रलोभन, लाखौंको ठगी
सुन्नुहोस्

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१३ बस्दै आएका २३ वर्षीय शिरिष श्रेष्ठ विभिन्न प्रलोभनमा ठग्दै हिँडेको आरोपमा समातिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडितलाई साथी बनाई प्रेमको प्रपञ्चमा महँगो उपहारको प्रलोभनमा लाखौं ठगेको बताइन्छ । प्रहरीका अनुसार लाखौं डलर, आइफोन, घडी पार्सलमा पठाएको र उक्त पार्सल पाउन भन्सार, डेलिभरी र बीमा शुल्कवापत भन्दै रकम ठगेको देखिन आएको हो । 

उनले १९ लाख २५ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज पक्रेको हो । श्रेष्ठलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू