डाेल्पाका लुप्डुपको दैनिकी : चाबहिलमा बस्ने, नोट छाप्ने

डाेल्पाका लुप्डुपको दैनिकी : चाबहिलमा बस्ने, नोट छाप्ने

नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंकामा एक जना समातिएका छन् । काठमाडौंको महाकाल डेरागरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

विशेष सुराकीको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनलाई गएराति काठमाडौैंको सरस्वतीनगरबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

गुरुङको कोठाबाट एक हजार दरका दुई सय २५ थान नक्कली नोट, नोट फोटोकपी गर्ने मेसिन, डिजिटल तराजु एक थान, नगद २६ हजार ८ सय रुपैयाँ, ल्यापटप र नोट छाप्न प्रयोग हुने मसीको बट्टा चारवटा बरामद गरिएको छ । 

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू