बन्दुक भिरेकाको साथमा २६ थान गोली

बन्दुक भिरेकाको साथमा २६ थान गोली

दाङमा भरुवा बन्दुक र त्यसमा लाग्ने गोलीसहित बोकेर सामुदायिक वनभित्र पसेका दुई जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका ६ का दिलबहादुर राना र नीमबहादुर थापालाई गढवा गाउँपालिकाको सामुदायिक वनबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

प्रहरीले दुई नाल भरुवा बन्दुक, २६ थान गोली, सय ग्राम बारुद, १२ थान केप र दुई थान खुकुरी बरामद गरेको छ ।

टिप्पणीहरू