ज्यान मार्ने उद्योगमा संलग्न वडाध्यक्ष जेल चलान

ज्यान मार्ने उद्योगमा संलग्न वडाध्यक्ष जेल चलान

सर्लाहीमा एक जना वडाध्यक्ष जेल चलान भएका छन् । धनकौल गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष गजेन्द्र महतो पुर्पक्षमा कारागार चलान भएको बताइएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले उनलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । केही महिनाअघि गाउँम भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर गरेको थियो । 

त्यसपछि फरार महतो आज अदालत खुल्ने बितिक्कै आफैं त्यहाँ उपस्थित भएपछि जेल चलान भएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । 

उनलाई गौर कारागार, रौतहट चलानको तयारी गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू