महिलाको चरित्र हत्यामा संलग्न युट्युबरमाथि अनुसन्धान थाल्न अदालतको अनुमति

महिलाको चरित्र हत्यामा संलग्न युट्युबरमाथि अनुसन्धान थाल्न अदालतको अनुमति

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्दै आएका युट्युबर मनोज मानव अर्थात मनोजकुमार महतोलाई जिल्ला अदालतले थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

हिजो पक्राउ परेका उनलाई सात दिनको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न बाटो खुलेको हो । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले समातेको हो । आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई हिजो पक्राउ गरिएको थियो ।

स्वःघोषित सामाजिक अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द रेष्टुरेन्टभित्र बसेर कुराकानी गरिरहेका बेला भिडियो खिचेर पछिल्लो समय मनोज चर्चासँगै र विवादमा परेका थिए । त्यसक्रममा उनलाई बरालले मुखैमुखमा थुकेर निर्घात कुटेकी थिइन् । 

मनोजको एमाले नेता महेश बस्नेतसँग पनि टक्कर परिरहेको छ ।

टिप्पणीहरू