तिहारमा युवती बलात्कृत, उदयपुरका टविन्द्र आरोपित

तिहारमा युवती बलात्कृत, उदयपुरका टविन्द्र आरोपित

उदयपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका–१ बाँस्बोटे बस्ने २५ वर्षीय टविन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

युवतीलाई करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू